काठमाडाैँ। साविक विजेता बार्सिलाेनाले स्पेनिस ला लिगा फुटबलमा सुखद सुरुआत गरेकाे छ।
मल्लोर्काकाे घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलाेनाले ३–० को जित निकालेको हाे।
बार्सिलाेनाकाे जितमा राफिन्हा फेरेन टाेरेस र लामिन यामलले गाेल गरे। जितसँगै पहिलाे खेलबाट बार्सिलाेनाले तीन अंक बटुल्न सफल भयाे।
विवादास्पद खेलको अन्त्यमा मार्लोका नौ खेलाडीमा सीमित रहेको थियो। पहिलो हाफमै मनु मार्लोनेस र भेडाट मुरिकी रातो कार्डमा मैदान छाड्न बाध्य रहे।
राफिन्हाले खेलकाे सातौं मिनेटमा गोलको खाता खोलेपछि फेरान टोरेसले २३ औं मिनेटमा दोस्रो गोल थपे। यस्तै लामिन यामलले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा तेस्रो गोल गरे।
अन्य खेल नतिजा
भ्यालेन्सिया र रियल सोसिडाडबीचको खेल १–१ को बराबरीमा टुंगियो
आलाभेसले नवप्रवेशी लेभान्टेलाई २–१ ले हरायो


