मञ्च र आइएमइ खल्तीबीच सम्झौता


काठमाडाैँ। नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी आईएमई खल्तीबिच आइतबारै भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ।

खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र आइएमइ खल्तीका चिफ कमर्सियल अफिसर आसिस गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरे। सो अवसरमा गौतमले यसपालीको स्पोर्ट्स अवार्ड पोखरामा हुनुमात्र होइन खल्तीसँगको सम्झौता अर्को फरकपन हो भने। कमर्सियल अफिसर गौतमले आइएमइ खल्तीले स्पार्ट्स अवार्डमा मनोनयनमा परेका तथा विजेता सबै खेलाडी तथा खेलकर्मीहरुलाई खल्ती प्रोको प्याकेज उपलब्ध गराउने जानकारी पनि दिए।

यसैगरी मञ्चका अध्यक्ष अधिकारीले यस सम्झौताले स्पोर्ट्स अवार्डलाई थप उचाइमा लैजाने विश्वास लिएका छन्। उहाँले आईएमई खल्ती परिवारप्रति कृतज्ञ छौं भन्दै खल्तीले स्पोर्ट्स अवार्डलाई थप उचाइमा लग्ने विश्वास व्यक्त गरे। यसअघि मञ्चले डिजिटल पार्टनरको रुपमा ई–सेवासँग लगातार छ वर्ष सहकार्य गरेको थियो। अध्यक्ष अधिकारीले सो सहकार्यका लागि इ सेवालाई धन्यवाद पनि दिए।

यस अवार्डकै लागि गोल्छा ग्रुपले मुख्य प्रायोजकका रूपमा १७औं वर्ष सहकार्य गरिसकेको छ । यसैगरी मञ्चले अवार्ड कार्यक्रमको प्रवद्र्धकको रूपमा रहेको पोखरा महानगरपालिकासँग पनि सम्झौता  गरिसकेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको