टाइमलाइन बास्केटबल बिहीबारदेखि


काठमाडाैँ। टाइमलाइन स्कुलको आयोजनामा दाेस्राे टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएकोछ।

प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १६ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा टाइमलाइनका प्रिन्सिपल रामप्रसाद बडालले जानकारी गराए।

खेल लिग कम नकआउट आधारमा हुने प्रतियोगिता संयोजक राजेन्द्र लम्सालले जानकारी दिए। फिबा नियामानुसार हुने प्रतियोगिताका खेल गोकर्णेश्वर नगरपालिका ५ स्थित नयाँबस्ती खेलाइने छ। फाइनल भदौ १५ गते हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको