कोडिएलले काठमाडौंबाट खेल्ने


काठमाडौं। एभरेष्ट महिला भलिबल लिगका लागि काठमाडौं स्पाइकर्सले इटालियन खेलाडी ओउमाया किएडललाई अनुबन्ध गरेको छ।

काठमाडौं स्पाइकर्सले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा मिडल ब्लकर÷अपोजिट ओउमायालाई अनुबन्ध गरेको घोषणा गरेको छ।

स्पाइकर्सले यसअघि बुल्गेरियन सेटर नेकोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना अलेना कोलोतीजिनालाई अनुबन्ध गरिसकेको छ।
तीन फरक पोजिसनका खेलाडीलाई अनुबन्ध गर्दै स्पाइकर्सले आफ्नो टिमको सन्तुलन बलियो बनाएको छ।

तीन विदेशी खेलाडी अनुबन्ध गरेपछि काठमाडौंको टिममा खेलाडी संख्या ११ पुगेको छ। अब ट्यालेन्ट हन्टबाट एक खेलाडी राख्न बाँकी छ। नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारीलाई मार्की प्लेअरमा निरन्तरता दिएको काठमाडौंले खेलाडी अक्सनबाट ७ खेलाडी अनुबन्ध गरेको थियो।

काठमाडौंले अक्सनबाट मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन्। कमलाले पहिलो सिजन पनि काठमाडौंबाटै खेलेकी थिइन्।

दोस्रो संस्करणका लागि काठमाडौंले लोक बहादुर बुढालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। पहिलो संस्करणको लिगमा तेस्रो भएको काठमाडौं स्पाइकर्सले दोस्रो सिजन अझ बलियो भएर आउने र कोर्टमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको