प्रिमियर सेमिफाइनलमा

काठमाडाैँ। प्रिमियर आईबी कन्टिनम स्कुल ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।

सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा प्रिमियरले पुष्पसदनलाई ५०–१५ ले सहजै पराजित ग¥यो । अपराजित प्रिमियर ५ खेल जित्दै समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । प्रिमियरका अश्विन चालिसेले १३ अंक जोडे ।

अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगितामा क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र ग्रिनफिल्ड नेसनल कलेज पनि सेमिफाइनलमा पुग्न सफल भए । एक खेल अगावै दुवै सेमिफाइनलमा पुगेका हुन् ।

सीसीआरसीले बर्नहार्टलाई ८०–४६ ले हरायो । सीसीआरसीका कर्मा तामाङले १८ स्कोर गरे । ग्रिनफिल्डले कान्जिरोवालाई ६८–४२ ले पाखा लगायो । ग्रिनफिल्डका प्रदिपले १८ अंक बटुले ।

रोयल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापन तथा चोकोफलको सहयोगमा जारी प्रतियोगिताअन्तर्गत लिगको अन्तिम दिन बुधबार ४ खेल हुनेछ । टाइम्स र सीसीआरसी, गोल्डेनगेट ‘बी’ र पुष्पसदन, मल्पी र गोल्डेनगेट ‘ए’ तथा ग्रिनफिल्ड र जेभियर इन्टरनेसनल कलेजबीच खेल हुनेछ । जेभियर पनि एक खेल अगाडि नै सेमिफाइनलमा पुगिसकेको छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको