प्रिमियरलाई बास्केटबल उपाधि

प्रिमियर आईबी कन्टिनम स्कुलले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ।

सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा भएको फाइनलमा प्रिमियरले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ७९–७२ ले पराजित ग¥यो। समूह चरणको खेलमा पनि प्रिमियरले सीसीआरसीलाई हराएको थियो। अपराजित रहँदै उपाधि जितेको प्रिमियरका लागि अश्विन चालिसे एक्लैले ३२ अंक जोडे।

पहिलो क्वाटरमा १९–१४ को अग्रता लिएको प्रिमियर दोश्रोमा २०–२२ ले पछि प¥यो। प्रिमियरले तेश्रो क्वाटरमा २३–१० को अग्रता बनाउदै जितको आधार खडा ग¥यो। चौथोमा सीसीआरसी २६–१७ ले अगाडि रहेपनि जितका लागि पर्याप्त भएन।

उपाधिसंगै प्रिमियरले २५ हजार तथा उपविजेता सीसीआरसीले १० हजार नगद पुरस्कार पाए। अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजना भएको प्रतियोगितामा फाइनलका सर्वाधिक स्कोरकर्ता अश्विन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। उनले ५ हजार नगद पुरस्कार हात पारे । सीसीआरसीका आशालाल श्रेष्ठ उदीयमान खेलाडी चुनिए।

विजेतालाई नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसन, अबाइडका प्रबन्ध निर्देशक मनीष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत आशिष श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे। रोयल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापन र चोकोफलको सहयोगमा भएको प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक नृपेश श्रेष्ठले जनाएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको