ज्ञान कार्निभलमा ३ खेल

काठमाडौं । ज्ञानोदय बाल वाटिका माविको आयोजनामा ३१ औं ज्ञान कार्निभल आइतबारदेखि सुरु हुने भएको छ । कार्निभलअन्तर्गत ३ खेलमा प्रतिस्पर्धा हुने आयोजक ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

बास्केटबल, फुटबल र नेटबलको प्रतिस्पर्धा हुनेछ । बास्केटबलको ब्वाइजमा २४ तथा गल्र्समा १२ टिम सहभागी हुने छन् । ब्वाइज फुटबलमा ५ टिमले खेल्ने छन् । नेटबलमा ४ गल्र्स टिमको सहभागिता रहने छ ।

विद्यालय खेलकुदको पुरानो प्रतियोगिता मानिने ज्ञान कार्निभल सन् १९९४ देखि सुरु भएको थियो । प्रतियोगिताका खेलहरु ललितपुरको खोकनास्थित आयोजकको हातामा खेलाइने छ ।

टाइमलाइन, नेरिक र एन्जल लर्ड विजयी

काठमाडाैँ। आयोजक टाइमलाइन स्कुल, नेरिक एकेडेमी र एन्जल लर्डले दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार विजयी भएका छन् । टाइमलाइन सिनियर गल्र्स तथा नेरिक र एन्जल लर्ड सिनियर गल्र्समा जित हात पार्न सफल भए ।

सिनियर गल्र्समा टाइमलाइनले क्रिस्टियनलाई १४–१० ले पराजित ग¥यो । टाइमलाइनकी सुप्रिता वाइबाले १२ स्कोर गरिन् ।

सिनियर ब्वाइजमा नेरिकले आकाशदीपलाई ५८–३३ ले हरायो । नेरिकको जितमा सविन राणाले १६ अंक योगदान गरे । शिभम् नायकको २४ अंक सहयोगमा एन्जल लर्डले पल्र्स एकेडेमीलाई ५१–१४ ले पन्छायो ।

गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीमा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमै प्रारम्भ एकेडेमीले यङ हार्ट्लाई २५–२१ तथा अक्षर एकेडेमीले रिलायन्स को–एडलाई २७–१८ ले पाखा लगाए । प्रारम्भका निश्चल सुनारले ७ तथा अक्षरका सुरज शाहले १५ स्कोर गरे ।

सिनियर गल्र्समा बागमती बोर्डिङ स्कुलले वेब स्कुललाई २४–७, विट्स एकेडेमीले आकाशदीपलाई १५–२ र काठमाडौं जेभियर्स पब्लिक स्कुलले गोकर्णेश्वरलाई २०–६ ले पन्छाए । बागमतीकी स्मृति पोखरेलले ८, विट्सकी जिना लामाले १२ र काठमाडौं जेभियर्सकी सुहानी बानियाँले ८ अंक जोडे ।टाइमलाइन, नेरिक र एन्जल लर्ड विजयी

आयोजक टाइमलाइन स्कुल, नेरिक एकेडेमी र एन्जल लर्डले दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार विजयी भएका छन् । टाइमलाइन सिनियर गल्र्स तथा नेरिक र एन्जल लर्ड सिनियर गल्र्समा जित हात पार्न सफल भए ।

सिनियर गल्र्समा टाइमलाइनले क्रिस्टियनलाई १४–१० ले पराजित ग¥यो । टाइमलाइनकी सुप्रिता वाइबाले १२ स्कोर गरिन् ।

सिनियर ब्वाइजमा नेरिकले आकाशदीपलाई ५८–३३ ले हरायो । नेरिकको जितमा सविन राणाले १६ अंक योगदान गरे । शिभम् नायकको २४ अंक सहयोगमा एन्जल लर्डले पल्र्स एकेडेमीलाई ५१–१४ ले पन्छायो ।

गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीमा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमै प्रारम्भ एकेडेमीले यङ हार्ट्लाई २५–२१ तथा अक्षर एकेडेमीले रिलायन्स को–एडलाई २७–१८ ले पाखा लगाए । प्रारम्भका निश्चल सुनारले ७ तथा अक्षरका सुरज शाहले १५ स्कोर गरे ।

सिनियर गल्र्समा बागमती बोर्डिङ स्कुलले वेब स्कुललाई २४–७, विट्स एकेडेमीले आकाशदीपलाई १५–२ र काठमाडौं जेभियर्स पब्लिक स्कुलले गोकर्णेश्वरलाई २०–६ ले पन्छाए । बागमतीकी स्मृति पोखरेलले ८, विट्सकी जिना लामाले १२ र काठमाडौं जेभियर्सकी सुहानी बानियाँले ८ अंक जोडे ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको