पहिलाे खेलमै एपिएफ पराजित

काठमाडौं। विभागीय टोली एपिएफ एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक छनोटको पहिलो खेलमै पराजित व्यहाेरेकाे छ।

उज्बेकिस्तानको मार्काजी रंगशालामा सोमबार सम्पन्न खेलमा घरेलु टोलीसँग एफसी नासाफसँग एपिएफ ३–० ले पराजित भएको हो।

नासाफको जितमा खाबिबुल्ला इभाले २ र मफतुना शोयिमोभाले १ गोल गरिन्।

नेपाली राष्ट्रिय टोली नै लिएर एपिएफ मैदान उत्रिएको थियो। तर, डिफेन्समा चुक्दा पहिलो हाफमै ३ गोल खाएको थियो।

दोस्रो हाफमा डिफेन्समा सुधार गरे पनि एपिएफले गोल भने फर्काउन सकेन। खेलको १३औं मिनेटमै खाबिबुल्लाको गोलमार्फत नासाफले सुरुआती अग्रता लिएको थियो।

सम्हालिन नपाउँदै त्यसको ३ मिनेटपछि नै उनले अग्रता दोब्बर बनाइ। ३३औं मिनेटमा माफतुनाले अर्को गोल गर्दै उक्त अग्रता ३–० मा पुर्‍याएकी थिइन्। त्यसपछि थप गोल हुन सकेन।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको