काठमाडाैँ। इंङ्ग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुलले राेमाञ्चक जित हासिल गरेकाे छ।
सोमबार राति सम्पन्न खेलमा लिभरपुलले न्युकासल युनाइटेडलाई ३–२ ले पराजित गरेको हाे। लिभरपुलकाे जितमा भर्खर १६ वर्ष पुगेका नोमोहाले खेलको सयौं मिनेटमा गोल गरे।
लिभरपुलले दस खेलाडीमा सीमित न्युकासलविरुद्ध दुई गोलको अग्रता गुमाएको थियो। सुरुमा रायन ग्राभनवेख र ह्युगो एकिटिकेले लिभरपुलका लागि गोल गरे। त्यसपछि न्युकासलका लागि ब्रुनो गुइमारेस र विलियम ओसुलाले गारे।
ओसुलाको गोल ८८औं मिनेटमा सम्भव भएको थियो।
