आयोजक टाइमलाइन र एन्जल क्वाटरफाइनलमा


काठमाडाैँ। आयोजक टाइमलाइन र एन्जल लर्ड दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित घरेलु कोर्टमा बुधबार टाइमलाइनले प्रारम्भलाई २३–२० ले पराजित ग¥यो। टाइमलाइनका रेसब श्रेष्ठले ८ अंक जोडे। एन्जल लर्डले यङ हार्ट्सलाई ३९–२९ ले हरायो । एन्जल लर्डका समिर मगरले १७ स्कोर गरे।

सिनियर ब्वाइजमै सर्वनम शिक्षालयले सीसीएसलाई ३३–२८, नेमोरिकले एम्बासडरलाई ४१–३६, काठमाडौं जेभियर्स पब्लिक स्कुलले विद्या आर्जन स्कुलाई ४२–१७, चैतन्यले विट्स एकेडेमीलाई २५–१०, नेरिकले अक्षर एकेडेमीलाई ३०–१६ र बागमती बोर्डिङ स्कुलले मार्वलसलाई ३६–३२ ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगे।

सर्वनमका निग्मा शेर्पाले १५, नेमोनिकका रेनिश लामाले २५, काठमाडौं जेभियर्सका सुवर्ण भुजेलले १२, चैतन्यका विप्लव भाटले ११, नेरिकका आयुब लामाले १५ र बागमतीका आयुश बस्नेतले १६ अंक बटुले।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको