ज्ञानोदय र टीआईए विजयी


काठमाडाैँ। आयोजक ज्ञानोदय र टीआईएले ३१औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबलको ब्वाइजतर्फ जित हात पारेका छन्।

खोकनास्थित घरेलु कोर्टमा बुधबार ज्ञानोदयले स्वस्तिश्रीलाई ४८–१९ ले पराजित ग¥यो। ज्ञानोदयको जितमा अर्नव खड्काले १२ अंक योगदान गरे। रोशन नगरकोटीको १४ अंक सहयोगमा टीआईएले जेम्सलाई ३५–१८ ले हरायो।

ब्वाइजमै ज्ञान निकेतनले रेडियन्ट पब्लिकलाई ५४–४७ ले पाखा लगायो। ज्ञान निकेतनका सवाज मन्सुरले २८ स्कोर गरे। गल्र्समा रेडियन्ट पब्लिकले बौद्ध इन्टरनेसनललाई १९–१२ ले पन्छायो। रेडियन्टकी सोनु तामाङले ८ अंक जोडिन्।

कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा लिटिल एन्जल्स (एलए) ले ज्ञानोदयलाई ३–१ गोलले पराजित ग¥यो। एलएका मेसी राई, सौगात मगर र स्मिथ रावतले समान १–१ गोल गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको