काठमाडौं । संकटा फुटबल क्लबले एन्फा महिला लिगमा पहिलो जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स बुधबार भएको दिनका् दोस्रो खेलमा संकटाले कर्णाली प्रदेशलाई २–० ले पराजित गरेको हो।
जितसँगै संकटा चार अंक जोडेको संकटा अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ। पराजित कर्णाली भने नवौं स्थानमा यथावत् छ।
संकटाको जितमा सेलिना अनिमा र तेमिलोपे जेनिफरले गोल गरिन्।
संकटाले पहिलो र दोस्रो हाफमा समान एक एक गोल गरेको हो।


