ज्ञानोदय क्वाटरफाइनलमा

काठमाडाैँ। आयोजक ज्ञानोदय ३१ औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज बास्केटबलमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।

खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले जेम्सलाई ४९–१७ ले सहजै पराजित ग¥यो । ज्ञानोदयका सोनी पुरीले १८ १८ अंक जोडे।

सोही स्पर्धामा टीआईएले ओएसिस्लाई ५९–३७, मल्पी सिटीले लिटिल एन्जल्स (एलए) लाई ५४–२३, हिमालयले मल्पी इन्टरनेसनललाई ६६–३७, पुष्पसदनले आईडियल मोडेललाई ४८–४६ र बाल दीक्षा सदनले रातो बंगलालाई ३४–१६ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

ब्वाइज फुटबलमा बृहस्पतिले द एक्सेल्सियर स्कुललाई ५–१ को फराकिलो गोलअन्तरले पराजित ग¥यो। बृहस्पतिका तेलाजियोन गुरुङले २ तथा सौरिस श्रेष्ठ र आरभजंग कार्की समान १–१ गोल गरे। एक गोल आत्माघाती थियो। एक्सेल्सियरका आयान महर्जनले सान्त्वाना गोल गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको