काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज भुटानसँग खेल्दैछ।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने यो खेल नेपाली समयअनुसार ५:४५ बजेदेखि सुरु हुनेछ। आजै दिउँसो २:४५ मा भारत र बंगलादेश पनि खेल्दैछन्।
साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि भारतले जितिसकेको छ। भारत ५ खेलमा अपराजित रहँदै च्याम्पियन बनेको हो।
नेपालले यसअघि खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २-१ को जित हासिल गरेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३-० गोलले हारेको थियो भने चौथो खेलमा बंगलादेशसँग ४-१ गोल अन्तरले हारेको थियो। त्यस्तै पाँचौं खेलमा भारतसँग ५-० ले हार बेहोरेको थियो।
त्यस्तै भुटानले अहिलेसम्म खेलेका ५ खेलमा एक खेल बराबरी खेलेको छ भने ४ खेलमा हार बेहोरेको छ। भुटानले पछिल्लो खेलमा बंगलादेशलाई १-१ को बराबरीमा रोकेको थियो।