काठमाडौं। समृद्धि स्कुलको आयोजनामा इन्डो–नेपाल कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।
प्रतियोगिताको काता र कुमुतेमा ४५ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक रवि शाहीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
नेपालका २५ तथा भारतका ५ विद्यालयबाट २ सय ८३ खेलाडीको सहभागिता रहने इसीएस निर्देशक विकास शाहीले जानकारी दिाए। १ सय ६२ पुरुष तथा १ सय २१ महिला खेलाडी सहभागी हुने छन्।
भारतबाट २० खेलाडी आउने छन्। टिम च्याम्पियन र उपविजेतालाई ट्रफी प्रदान गरिने छ। कुमुतेमा उत्कृष्ट पुरुष÷महिला तथा कातामा १ उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने छ।
उत्कृष्ट प्रशिक्षक र निर्णायक पनि पुरस्कृत हुने छन्। दुईदिने प्रतियोगिताका खेलहरु बनस्थलीस्थित आयोजक स्कुलकै हातामा खेलाइने छ। पत्रकार सम्मेलनमा समृद्धिका एडमिनिस्ट्रेटिभ डाइरेक्टर दिपेन्द्र उप्रेती र अपरेसन डाइरेक्टर दिनेश महर्जनको पनि उपस्थिति रहेको थियो।


