समृद्धि टिम च्याम्पियन


काठमाडौं। नेपालको समृद्धि स्कुल इन्डो–नेपाल कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ।

आयोजक समृद्धिले २० स्वर्ण, १० रजत र ८ कांस्य पदक जित्दै टिम च्याम्पियन बन्यो । बनस्थलीस्थित आयोजक समृद्धि स्कुलको खेल परिसरमा भएको प्रतियोगितामा भारत १० स्वर्णसाथ दोश्रो भएको प्रतियोगिता संयोजक रवि शाहीले जनाएका छन् ।

कुमुतेको पुरुषमा समृद्धिका सविर श्रेष्ठ डंगोल तथा महिलामा मनमैजुकी सपना गिरी उत्कृष्ट खेलाडी घोषित भए । कातामा बेदाङ्गकी अन्भी शाही उत्कृष्ट खेलाडी चुनिइन् । अन्भीले प्रतियोगितामा दोहोरो स्वर्ण जितिन् ।

प्रशिक्षकमा बेदाङ्गका डम्बरबहादुर आले तथा निर्णायकमा सुवास कार्की उत्कृष्ट ठहरिए ।विजेतालाई नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसीले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताअन्तर्गत काता र कुमुतेमा गरी ४५ स्पर्धामा २ सय ८३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको