काठमाडौं । एसियाली खेलकुद पत्रकारहरूको छाता संगठन एआइपिएस एसिया र होटल एसोसिएसन नेपाल अफ नेपाल (हान)बीच सम्झौता भएको छ।
एआइपिएस एसियाको २५औं कंग्रेसको अवसरमा आयोजित कार्यक्रममा बिहीबार हान र एआइपिएस एसियाबीच सम्झौता भएको हो।
हानका अध्यक्ष विनायक शाह र एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। उक्त सम्झौताअनुरूप एआइपिए एसियाका एक हजारभन्दा सदस्य पत्रकारले नेपाल आउँदा होटलमा सुविधामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।
यसै अवसरमा हानले एआइपिएस एसियाका अध्यक्ष दोङलाई नेपालको सदभावना दूतको रूपमा पनि नियुक्त गरेको छ।


