काठमाडौँ । बायर्न म्युनिखले जर्मनी बुन्डेसलिगामा फराकिलाे जित हासिल गरेकाे छ।
घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा बायर्नले हामबर्गर एसभीलाई ५-० ले पराजित गरेको हो।
बायर्नको जितमा ह्यारी केनले दुई गोल गरेका थिए भने लुइस डियाज, सेर्गी ग्नाब्री र अलेक्जेन्डर पाभलोभीकले एक एक गोल गरे।
जितसँगै जारी सिजन बायर्नले लगतातार तेस्रो जित हासिल गरेकाे छ। ९ अंक भएको शीर्ष स्थानमा रहेको छ। त्यस्तै हामबर्गरको यो दोस्रो हार हो।
