काठमाडौँ । इङ्लिस प्रिमियर लिग साविक विजेता लिभरपुल पुन: शीर्ष स्थानमा फर्किएमने छ।
आइतबार राति सम्पन्न खेलमा लिभरपुलले बर्नलीलाई १-० गोल अन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा खेलको ९० मिनेट पछिको इन्जुरी समयमा मोहमद सलाहले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।
योसँगै लिभरपुलले लगातार चौथो जित हासिल गरेकाे छ। लिभरपुल १२ अंक शीर्ष स्थानमा उक्लिएकाे छ। त्यसैगरी बर्नली समान खेलबाट ३ अंकसहित १७औ स्थानमा छ।


