काठमाडौं । एआइपिएस एसिया र सिएमआर नेपालबीच खेल पत्रकार प्रशिक्षणका लागि सम्झौता भएको छ।
एआइपिएस एसियाको २५औं एसिया कंग्रेसको अवसरमा बिहीबार दुई पक्षबीच सम्झौता खेलपत्रकार प्रशिक्षणका लागि सम्झौता भएको हो।
एआइपिएस एसिया अध्यक्ष ही दोङ जङ र सिएमआर नेपालका निर्देशक उज्वल आचार्यबीच सम्झौता भएको हो। उक्त सम्झौताअनुरूप सिएआर नेपालले एआइपिएस एसियालाई हरेक सेसनमा दुई वटा खेलपत्रकार प्रशिक्षण कोटा प्रदान गरेको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) आशिंक छात्रवृत्तिमा एआइपिएस एसियाले उक्त प्रशिक्षण कोटा प्राप्त गर्नेछ।


