ब्रुनो र क्यासेमिरोकाे गोलमा युनाइटेडले चेल्सीलाई हरायाे


काठमाडौँ। प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई पराजित गरेको छ।

शनिबार राति सम्पन्न खेलमा युनाइटेडले चेल्सीलाई २-१ ले पराजित गरेको हो। जारी सिजन युनाइटेडकाे याे दाेस्राे जित हाे।

घरेलु टाेली युनाइटेडको जितमा ब्रुनो फर्नानडेज र क्यासेमिरोले गोल गरे। चेल्सीका लागि ट्रेभोह चालोबाहले गरेकाे गाेल सान्त्वना बन्याे। युनाइटेडले दुवै गाेल पहिलाे हाफमा गरेकाे थियाे।

खेलको चौथो मिनेटमा चेल्सीका रोबेर्ट सान्चेज र पहिलो हाफको इन्जुरी समयमा युनाइटेडका क्यसेमिरोले रातो कार्ड पाएपछि दुवै टिम १०-१० खेलाडीमा सिमित भएको थियो।

जारी सिजन युनाइटेडको ५ खेलमा ७ अंकसहित १०औ स्थानमा छ। समान खेलबाट चेल्सी ८ अंकसहित छैटौं स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको