काठमाडाैँ। स्पेनिस ला लिगामा रियल मड्रिडले लगातार पाँचौं जित निकालेको छ।
शनिबार राति सम्पन्न खेलमा रियलले इस्पनयोललाई २–० ले हराउँदै जारी सिजन आफ्नो शतप्रतिशत प्रदर्शन कायम राखेको हो। जितसँगै रियलको पाँच खेलबाट १५ अंक भएको छ।
रियलका लागि इडेर मिलिटाओले पहिलो गोल गरे भने लयमा रहेका केयलिन एमबापेले दोस्रो गोल थपे। पराजित इस्पनयोल १० अंकका साथ चौथो स्थानमा छ। एमबापले यो सिजन लिगमा गरेको गोल संख्या पाँच पुगिसकेको छ।
शनिबारका अन्य खेलमा लेभान्टेले जिरोनालाई ४–०, सेभियाले डेपार्टिभो एलाभेसलाई २–१, भिल्लारियलले ओसाुनालाई २–१ तथा भ्यालेन्सिायले एथलेटिको बिलबाओलाई २–० ले पराजित गरेको छ।
