काठमाडौँ। नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।
आइतबार सम्पन्न समूह ए काे अन्तिम खेलमा बंगलादेशले श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गरेसँगै नेपाल उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो।
याे समुहबाट बंगलादेश समुह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ। त्यस्तै श्रीलंका भने दुवै खेलमा पराजित हुँदै बाहिरिएको छ।
समुह बी बाट पाकिस्तान र भारत सेमिफाइनलमा पुगिसकेका छन्। भुटान र माल्दिभ्स भने बाहिरिएका छन्।
