लिभरपुलको कठिन जित

काठमाडाैँ। लिग कपमा लिभरपुलले कठिन जित हासिल गरेकाे छ।

मंगलबार भएकाे खेलमा एलेक्जान्डर इसाककाे डेब्यु गोलको मदतले लिभरपुलले साउथह्याम्पनलाई २–१ ले पराजित गरेको हाे।

जितसँगै लिभरपुल प्रतियोगिताको तेस्रो चरण पनि पुगेको छ।

साउथह्याम्पटनका लागि सि चार्ल्सले ७६औं मिनेटमा गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो। तर फेरि एकपल्ट खेल सकिन पाँच मिनेट अगाडि लिभरपुलले निर्णायक गोल आत्मसात् गर्न सफल रह्यो। त्यसमा ह्युगो एकिटिकेले निर्णायक गोल गरे। तर त्यस लगतै उनी रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे। गोल भएपछि खुसीयालीमा उनले जर्सि फुकालेका थिए। तर त्यो महँगो सावित भयो।

अन्य खेलमा चेल्सीले लिन्कन सिटीलाई २–१, उल्भ्सले एभरटनलाई २–०, ब्राइटनले ब्रान्सलीलाई ६–० र कार्डिफ सिटीले बर्नलीलाई २–१ ले हरायो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको