काठमाडौं। नवीन न्यौपाने नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएको छन्।
अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार न्यौपानेलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।
उनको कार्यकाल सन् २०२६ मा हुने साफ महिला च्याम्पियनसिपसम्म रहनेछ। न्यौपानेले बिहीबार एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका महासचिव किरण राईबाट नियुक्ति पत्र प्राप्त गरेका हुन्।
यस्तै, भगवती खत्री र राजकुमार केसीलाई टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको छ। त्यस्तै बिन्द्रा देवान (टोली व्यवस्थापक), शिला गिरी (फिजियोथेरापिस्ट) र बिकास गुरुङ (किट व्यवस्थापक) भने यथावत् भूमिकामा रहने एन्फाले जनाएको छ।


