मड्रिड डर्बी : रियलकाे फराकिलाे हार


काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गरेको छ।

शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा एट्लेटिकाेले रियललाई ५–२ गोल अन्तरले पराजित गरेकाे हाे।

एट्लेटिकाेकाे जितमा जुलियन अल्भारेजले दुई तथा रोबिनले नोर्मन्ड, एन्टोइन ग्रीजम्यान र अलेक्जान्डर सोर्लोथ गोल गरे। अल्भारेजले दोस्रो हाफको सुरुवातमा पेनाल्टीमार्फत टिमलाई ३–२ को अग्रता दिलाए र त्यसपछि कर्लिङ फ्री–किकमार्फत अर्को गोल थपे।

रियलका लागि केलियन एम्बाप्पे र अर्दा गुलरले गोल गरे।

यो हारले रियललाई यो सिजनको ला लिगामा पहिलो हार बेहोर्न बाध्य बनायो। पराजित भए पनि रियल तालिकाको शीर्ष स्थानमा छ।

एट्लेटिको चौथो स्थानमा उक्लिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको