चेल्सीको अर्को हार


काठमाडाैँ। इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन एन्ड होभ एल्बियनले स्टामफोर्ड ब्रिजमा १० खेलाडीमा सीमित चेल्सीलाई ३–१ ले पराजित गरेको छ।

दोस्रो हाफको इन्जुरी समयमा म्याक्सिम डे क्युपर र ड्यानी वेलबेकले गोल गर्दै ब्राइटनलाई रोमाञ्चक जित दिलाए।

चेल्सीले खेलको २४औँ मिनेटमा एन्जो फर्नान्डेजको हेडर गोलमार्फत अग्रता लिएको थियो। मोइसस कैसेडोको पासमा रीस जेम्सको क्रसलाई फर्नान्डेजले गोलमा परिणत गरे। तर, ५३औँ मिनेटमा ट्रेभोह चालोबाहले डिएगो गोमेजलाई रोक्ने क्रममा रातो कार्ड पाएपछि खेलको गति बद्लियो। यो लगातार दोस्रो खेलमा चेल्सीको रातो कार्डको समस्या थियो।

ब्राइटनले ७७औँ मिनेटमा वेलबेकको हेडर गोलमार्फत बराबरी ग¥यो, जुन यान्कुबा मिन्टेहको क्रसमा सम्भव भएको थियो। इन्जुरी समयको सुरुवातमा डे क्युपरले यासिन अयारीको क्रसमा हेडर गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए । अन्तिममा वेलबेकले दोस्रो गोल थप्दै चेल्सीलाई स्तब्ध पारे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको