रोहित शर्माको शतकीय पारीमा भारतको सान्त्वना जित


काठमाडौं। अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजमा भारतले सान्त्वना जित हासिल गरेको छ। शनिबार सम्पन्न सिरिजको तेस्रो तथा अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको हो। योसँगै अस्ट्रेलियाले एकदिवसीय सिरिज २-१ ले जितेको छ। यसअघि पहिलाे खेलमा ७ तथा दाेस्राे खेलमा २ विकेटले अस्ट्रेलिया विजयी भएकाे थियाे।

अस्ट्रेलियाले दिएको २३७ रनको लक्ष्य पछाएको भारतले ३८.३ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे। भारतकाे जितमा रोहित शर्माले शतकीय पारी खेल्दै अविजित १२१ रन बनाए।

यस्तै, विराट कोहलीले अविजित ७४ रन बनाए भने कप्तान शुभमन गिलले २४ रन बनाएका थिए। अस्ट्रेलियाका लागि जोश हेजलवुडले एक विकेट हात पारे।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले माट रेनशाको ५६ र कप्तान मिचेल मार्शको ४१ रनको मद्धतले ४६.४ ओभरमा अल आउट हुँदै २३६ रन बनाएको थियो।

भारतका लागि बलर हर्षित रानाले ४ तथा वाशिंटन सुन्दरले २ विकेट लिए। अब भारत र अस्ट्रेलियाबीच ५ खेलको टी-२० सिरिज हुनेछ। सिरिजको पहिलो खेल अक्टोबर २९ मा हुने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको