काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड चौथो स्थानमा उक्लिएको छ।
शनिबार राति भएको खेलमा युनाइटेडले ब्राइटनमाथि ४–२ को जित दर्ता गर्दै चौथो स्थानमा उक्लिएको हो। याेसँगै शीर्ष स्थानको आर्सनलको १९ अंक हुँदा दोस्रो स्थानमा रहेको सन्डरल्याण्डको १७ अंक रहेको छ।
यसैगरी तेस्रो स्थानको म्यानचेस्टर सिटी, चौथो स्थानको म्यानचेस्टर युनाइटेडको समान १६ अंक भएको छ।
शनिबार रातिको खेलमा युनाइटेडको जितमा ब्रायन एमब्युमोको उत्कृष्ट प्रदर्शन र दुई गोलको मद्दत महत्वपूर्ण रह्यो। युनाइटेडको लगातार तेस्रो हो।
यो सँगै प्रशिक्षक रुबेन एमोरिमले युनाइटेडमा आफ्नो कार्यकालमा पहिलो पटक लगातार तीन लिग खेलमा जितको स्वाद लिएका छन्।


