चेल्सी पराजित


काठमाडाैँ। चेल्सी र साविक विजेता लिभरपुल इङ्लिस प्रिमियर लिग अन्तर्गत आ आफ्नाे खेलमा पराजित भएका छन्।

नवाैँ साताकाे खेलमा लण्डन क्लब चेल्सी सन्डरल्याण्डसँग २–१ ले पराजित भएको हाे। सन्डरल्याण्डको जितमा खेलको इन्जुरीसमय पछि चेम्सडाइन ताल्बीले निर्णायक गोल गरेका थिए।

यसअघि खेलको चौथो मिनेटमा अलेज्नाद्रो गर्नाचोको गोलमा चेल्सीले सुरुआती अग्रता लिएको थियो। २२औं मिनेटमा विलसन इसिडोरको गोलमा सन्डरल्याण्डले खेल बराबरीमा ल्याए।

जितसँगै सन्डरल्याण्ड ९ खेलमा १७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट १४ अंकसहित चेल्सी सातौं स्थानमा छ।

शनिबार रातिकै अर्काे खेलमा लिभरपुल बेन्टफाेर्डसँग ३–२ गाेलले पराजित भएकाे छ। याे सँगै लिभरपुलले जारी सिजन लगातार तेस्राे हार ब्यहाेरेकाे छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको