काठमाडाैँ। जर्मन बुंडेसलिगामा बायर्न म्युनिखले विजयी यात्रा कायम राखेकाे छ।
शनिबार राति सम्पन्न खेलमा बायर्नले बोरुसिया मोन्चेनग्लाडबाखलाई ३–० ले पराजित गरेकाे हाे।
बायर्नकाे जितमा जोसुआ किमिच, रोफेल गुरेरो र लेनार्ट कार्लले गोल गरे। यसँगै बायर्नको आठ खेलबाट २४ अंक पुगेकाे छ भने शीर्षमा छ। आरबी लाइपजिगको १९ र बोरुसिया डर्टमुन्डको १७ अंक छ।
शनिबारकै अर्काे खेलमा लाइपजिगले असबर्गलाई ६–० र बोरुसिया डर्टमुन्डले कोलोनालाई १–० ले हराएका थिए।


