आशिषको बिदाइ


काठमाडौं । २०औं एसियाली कराते च्याम्पिन्सिपमा सहभागी हुने आफ्नो विद्यार्थी खेलाडी आशिष श्रेष्ठलाई बिदाइ गरेको छ । प्रतियोगिता चीनको हाङझावमा सेप्टेम्बर १७ देखि २२ गतेसम्म हुँदै छ ।

आशिष भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते प्रतियोगिताका स्वर्ण र रजत विजेता हुन् । काठमाडौंमा भएको सोही प्रतियोगिताको सातौं संस्करणमा उनले रजत जितेका थिए । ५५ औं र ५६ औं राष्ट्रिय कराते प्रतियोगितामा उनले स्वर्ण जितेका थिए ।

उनलाई खेलकुद मन्त्री चौधरी र लिटिल एन्जल्सका संस्थापक अध्यक्ष उमेश श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फत्तेबहादुर लिम्बूलगायतले सफलताको शुभकामना दिदै बिदाइ गरे ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको