काठमाडौँ। रियल मड्रिडले स्पेनिस ला लिगाको एल क्लासिकोमा विजयी हासिल गरेकाे छ। रियलले आइतबार राति सम्पन्न एल क्लासिकोमा बार्सिलोनालाई २-१ ले पराजित गरेको हो। यी तीनै गाेल पहिलाे हाफमा सम्भव भएकाे हाे।
रियलकाे घरेलु मैदान सान्टियागाे बर्नबाउमा रियलकाे जितमा किलीयन एम्बाप्पे र जुड बेलिङघमले गोल गरे। खेलको ५२औँ मिनेटमा रियलले पाएको पेनाल्टी एम्बाप्पेले चुक्न पुग्दा रियलले फराकिलाे जित दर्ता गर्न भने असफल रह्याे। यता बार्सिलोनाका लागि फेर्मिनो लोपेजले गरेकाे एक गाेल सान्त्वना बन्याे।
खेलकाे इन्जुरी समयमा बार्सिलोनाका पेड्रीले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएका थिए।
जितसँगै शीर्ष स्थानकाे रियलले स्पष्ट पाँच अंककाे अग्रता बनाएकाे छ। रियलले १० खेलबाट २७ अंक भएको छ। समान खेलबाट २२ अंक रहेको बार्सा दाेस्राे स्थानमा छ।


