शीर्ष स्थानमा आर्सनललाई फराकिलो अग्रता


काठमाडौँ। आर्सनलले इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा फराकिलाे अग्रता कायम गरेकाे छ।

आइतबार राति सम्पन्न खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गरेको हाे। आर्सनलको जितमा खेलको ३९औं मिनेटमा एबेरेची एजले गरेको गोल नै खेलको निर्णायक गोल बन्याे।

जितसँगै जारी सिजन आर्सनलले ९ खेलबाट २२ अंक पुर्याएकाे छ। समान खेलबाट प्यालेसको १३ अंक छ।

आइतबार रातिकै खेलमा बोर्नमाउथले नोट्टीङघम प्यालेसलाई २-० ले पराजित गर्दै लिगमा दोस्रो स्थानमा उक्लिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको