काठमाडाैँ। क्रिस्टियानो रोनाल्डोको अल–नासर किङ्स कपको अन्तिम १६ बाटै बाहिरिएकाे छ।
रोनाल्डोको नासर करिम बेन्जेमाको अल–इत्तिहादसँग २–१ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हाे।
१५औं मिनेटमा कप्तान बेन्जेमाले गोल गर्दै अल–इत्तिहादलाई अग्रता दिलाए। अल–नासरले ३०औं मिनेटमा रोनाल्डोले बाँया तर्फबाट दिएको पास डिबक्सभित्र पाउँदै एन्जेलोले गोल गरे। तर, पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा हुसेम आउआरले गोल गर्दै इत्तिहादलाई फेरि अग्रता दिलाए।
दोस्रो हाफको सुरुआतमै अल–इत्तिहादका अहमद अल–जुलैदान रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। त्यसपछि उनीहरूलाई बाँकी समय १० जना खेलाडीले खेल्नुपर्यो।
त्यसपछि बाँकी समय थप गाेल नहुँदा नासर पराजित हुन पुग्याे।


