काठमाडाैँ। इटालीको सिरी ए मा मंगलबार रातिकाे दुई खेलले साविक विजेता नेपोलीलाई फाइदा मात्र भएको छ। पहिलो खेलमा नेपोली आफैले लिसलाई १–० ले हरायो।
अर्को खेलमा मिलानले एटलान्टासँग १–१ को बराबरी खेल्यो। नेपोलीको नौ खेलबाट २१ अंक भएको छ भने मिलान समान खेलबाट १८ अंकमा रह्यो।
नेपोलीका लागि आन्द्रे फ्रान्कले ६९औं मिनेटमा एक मात्र गोल गरे। मिलानले चौथो मिनेट सामुएल रिकीको गोलले अग्रता लिएको थियो। तर एडेमोला लकुमनले ३५औं मिनेटमा एटलान्टाका लागि बराबरी गोल फर्काए।


