वीरबहादुरलाई कारबाही गर्न एन्फाकाे आकस्मिक बैठक बस्दै


काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार दिउँसो १ बजे आकस्मिक कार्यसमिति बैठक बोलाएको छ।

बैठक भर्चुअल माध्यम मार्फत आयोजना गरिने एन्फाले जनाएको छ।

महासचिव किरण राईले हस्ताक्षर गरेको पत्र अनुसार, एन्फाको विधानको धारा ३२ (२) र (६) बमोजिम आकस्मिक भिडियो कन्फरेन्स बैठक आयोजना गर्न लागिएको हो।

बैठकको कार्यसूचीमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काविरुद्व एन्फा विधानको धारा ३८ (१६) अनुसार अनुशासनात्मक कारबाही सम्बन्धी विषय मुख्य अजेन्डा रहेको उल्लेख गरिएको छ।

एन्फाको पछिल्ला विवाद र आन्तरिक तनावबीच बोलाइएको यो आकस्मिक बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको