काठमाडौं । लण्डन क्ल्ब चेल्सीले इंग्लिस प्रिमियर लिगमा विजयी हासिल गरेको छ।
शनिबार राति भएको खेलमा चेल्सीले बर्नमाउथलाई १–० ले पराजित गरेको हो। चेल्सीको जितमा क्रिष्टोफोर नुकुनुले गरेको गोल नै निर्णयक बन्यो।
बर्नमाउथका फ्रान्सिस्को एभानलिसनले ३८औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा अग्रता लिन असफल भएको थियो।
खेल बराबरीतर्फ उन्मुन भएका बेला चेल्सीले ८६ औं मिनेटमा गोलको खडेरी तोडेको थियो ।
े
जितसँगै जारी प्रिमियर लिगमा ३ अंक जाडेको छ। चौथो चरणमा सात अंकका साथ तालिकाको सातौं स्थानमा छ। चेल्सीसँग पराजित बर्नमाउथ भने ५ अंकका साथ ११ औं स्थानमा छ।


