काठमाडाैँ। एन्फा प्रेसिडेन्ट लिगमा काँक्रे विहार युथ क्बल र नव जन जागृति युवा क्लबले अंक बाँडेका छन्।
बागमती प्रदेशकाे राजधानी हेटाैँडामा शनिबार सम्पन्न खेलमा दुवै टाेलीले १–१ गाेलकाे बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलमा सुरुआती अग्रता भने काँक्रे बिहारले बनाएकाे थियाे। खेलकाे ३८औँ मिनेटमा आशिष चापागाईँले गाेल गरेका थिए। तर, पहिलाे हाफकाे अतिरिक्त समयमा रुजन न्याैपानेले नव जन जागृतिका लागि गाेल गर्दै खेल बराबरीमा ल्याए।
त्यसपछि बाँकी समय थप गाेल नहुँदा दुवै टाेलीले एक एक अंक बाँडे।
