लिभरपुलकाे पाेस्टमा सिटीको ३ गाेल


काठमाडाैँ। म्यानचेस्टर सिटीले इंङ्ग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुललाई सजिलै पराजित गरेकाे छ।

आइतबार राति सम्पन्न खेलमा सिटीले ३–० ले पराजित गरेको हाे। जितसँगै सिटी फेरि लिगको उपाधि होडमा फर्केको छ। सिटीको ११ खेलबाट अब २२ अंक भएको छ र यो शीर्षमा रहेको आर्सनलसँग चार अंकको मात्र अन्तर हो।

इतिहाडमा भएको खेलमा सिटीलाई जित दिलाउन हर्लिङ हालान्ड, निको गोन्जालेज र जेरेमी डोकुले गोल गरे।

हालान्ड पेनाल्टीबाट गोल गर्न नचुकेको भए, जितको अन्तर अझ ठूलो हुने थियो। सबै प्रतियोगिताका पछिल्ला आठ खेलमा सिटीको यो सातौं जित हो। हारले लिभरपुलको लिग उपाधि रक्षा गर्ने अभियानमा ठूलो धक्का लागेको छ।

आइतबारका अन्य खेलमा एस्टन भिल्लाले बर्नमाउथलाई ४–०, ब्रेन्टफोर्डले न्युकासल युनाइटेडलाई ३–१ र नटिङघम फरेस्टले लिड्स युनाइटेडलाई ३–१ ले हरायो। क्रिस्टल प्यालेस र ब्राइटनले भने गोलरहित बराबरी खेले।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको