काठमाडौँ। झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन्।
झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा हुने याे फाइनल खेल सोमबार दिउँसो २ः३० बजे सुरु हुनेछ।
एपीएफ अनिता बस्नेतकाे कप्तानीमा मैदान पुलिस अमृता जैसीकाे कप्तानी उत्रिने छ। राष्ट्रिय खेलाडीले भरिएका दुवै टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।
यस्तै आयोजक समितिका अनुसार फाइनलका लागि टिकट दर सामान्यतर्फ ३०० र ५०० रुपैयाँ तथा भिआइपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ।
प्रतियोगिताको विजेताले १० लाख १० हजार तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार तथा उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्तालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ।


