त्रिविमा अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल


काठमाडाैं। त्रिभुवन विश्वविद्यालयले आफ्नै हलमा अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (FISU) सम्बन्धी प्यानल छलफल कार्यक्रमको आयोजना गरेको थियो।

प्यानल वक्ताहरूमा नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, विश्व विद्यालय खेलकुद संघका महासचिव पुर्ण सिंह बोहोरा, भलिबलका पूर्व अध्यक्ष गंगा बहादुर मगर, खेलकुद विज्ञान कार्यक्रमका संयोजक प्राध्यापक पशुपति अधिकारी हुनुहुन्थ्यो भने कार्यक्रम संचालन प्रा.डा. रामकृष्ण महर्जनले गर्नुभएको थियो। सो कार्यक्रममा वक्ताहरुले अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघको इतिहास, यसले विश्वभरी कै विश्वविद्यालयहरूमा आयोजना गर्ने खेलकुद गतिविधी यसको विकास, FISU ले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न स्थान छनोट गर्ने प्रक्रिया,यसले विश्व विध्यालयहरूमा खेलकुद शिक्षाको वैज्ञानिक विकास,सन् १९४९ देखि यसले आयोजना गर्दै आएको कार्यक्रम र यसले विश्व विध्यालय स्तरमा खेलकुद र खेलाडीहरूको विकासमा के कस्तो कार्य गर्दै आइरहेको छ त्यस विषयमा गहन छलफल भएको थियो।

सोही कार्यक्रममा खेलकुद विज्ञान चौंथो सेमेस्टर अध्यनरत शिक्का सुवाल श्रेष्ठले जर्मनीमा भएको युनिभर्सियाडमा सहभागी हुँदाको आफ्नो अनुभव सुनाउँदै खेलकुदमा लाग्ने हरेक खेलाडीले उच्च शिक्षा पनि लिनुपर्ने र उच्च शिक्षाले थुप्रै अवसरको बाटो खोल्ने बताउनुभएको थियो।

सो कार्यक्रममा खेलकुद विज्ञान कार्यक्रमका दोस्रो र चौथो सेमेस्टरको विध्यार्थीहरूको उल्लेख सहभागिता रहेको थियो भने उनीहरूले नेपाल विश्व विध्यालय संघले गरिरहेका कार्य र आगामी दिनमा विश्व विध्यालय स्तरमा खेलकुदको विकास के कसरी गर्न सकिन्छ र अन्तर्राष्ट्रिय स्तरमा नेपाली विश्व विध्यालयहरूको सहभागिताको विषयमा चासो राखेका थिए।

कार्यक्रमको अन्तमा खेलकुद विज्ञानका प्राध्यापक डा. राजेन्द्र खत्रीले सम्पूर्ण वक्ता तथा विध्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने खेलकुद विज्ञान कार्यक्रमका संयोजक कार्यक्रमका संयोजक पशुपति अधिकारीले वक्ताहरू र विश्व विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरेर आउने शिक्का सुवाल श्रेष्ठलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरी कार्यक्रम समापन गरिएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको