काठमाडौं। आयोजक पुष्पसदन र रेडियन्ट पब्लिकले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन्।
कीर्तिपुरस्थित घरेलु कोर्टमा पुष्पसदनले न्यु जेनिथलाई ३६–२७ तथा रेडियन्ट पब्लिकले निःसर्गलाई ४५–२४ ले पराजित गरे। पुष्पसदनका सम्राट लामाले १३ तथा रेडियन्ट पब्लिकका विदानले ११ अंक जोडे।
सिनियर ब्वाइजमै राराहिलले मेगसलाई ३५–२४, रेडियन्ट रिडर्सले क्रिएटिभलाई २८–२१, युनाइटेड युनिभर्सलले ग्रिन भिलेजलाई १९–१२, भ्याली भ्युले स्वर्णिमलाई ४०–३५ र राराहिलले लिटिल एन्जल्सलाई ४६–३१ ले हराए।
जुनियर ब्वाइजमा भ्याली भ्युले मंगललाई २४–२ तथा राराहिलले ग्रिनफिल्डलाई २०–१५ ले पाखा लगाए। भ्याली भ्यूका जेनिश भुसालले १० तथा राराहिलका निसान केसीले १८ स्कोर गरे।


