आयोजक टीआईए क्वाटरफाइनलमा

काठमाडौं। आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।

हात्तीगौडास्थित घरेलु कोर्टमा टीआईएले युरो स्कुललाई ५३–२८ ले सहजै पराजित ग¥यो । टीआईएका रोशन नगरकोटीले १९ अंक जोडे।

ब्वाइजमै कन्स्टिलेसनलले स्किब्सले ४७–३६, भ्याली पब्लिकले अपीलाई ४८–३० र हेम्सले एलआरआईलाई ५९–१९ ले हराउँदै क्वाटरफाइनलमा पुगे।कन्स्टिलेसनका सुदिन तामाङले १४, भ्याली पब्लिकका अशोक बिकले १२ र हेम्सका आशुतोष यादवले १७ स्कोर गरे।

ब्वाइजकै अन्य प्रिक्वाटरफाइनलमा विल्सन एकेडेमीले बीएमसीएलाई ३७–२७, निम्सले ग्रिनल्यान्डलाई ६४–२६, ज्ञान निकेतनले दुर्गा भवानी एकेडेमीलाई ४३–३६ र एसएमडीले भीएस निकेतनलाई ३७–१९ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गरे। विल्सनका रेहान डंगोलले १७, निम्सका सुवास हिमालले १८, ज्ञान निकेतनका दिप्सन अधिकारीले १४ र एसएमडीका लाजेन शेर्पाले ७ अंक जोडे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको