एनपिएलको टिकट दर ५०० देखि २ हजारसम्म


काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० का लागि टिकट दर तोकिएको छ। नेपाल क्रिकेट संघ ९क्यान० ले बिहिबार टिकट दर ५०० देखि २ हजारसम्म तोकेको हो।

उद्घाटन खेलका लागि टिकट मूल्य जेनरलतर्फ ५०० र प्रिमियमतर्फ १ हजार ५०० रुपैयाँ राखिएको छ। यसैगरी लिग चरणका अन्य खेलका लागि टिकट दर ५०० र १ हजार रुपैयाँ छ।

प्ले अफदेखि जेनरलतर्फ १ हजार तथा प्रिमियरतर्फ २ हजार रुपैयाँ तिर्नुपर्नेछ। क्यानका अनुसार १५ हजार रुपैयाँ तिरेर सिजनल पास पनि लिन सकिनेछ।

यसैगरी क्यानले सुरुआती ६ दिनको खेलका लागि टिकट बुकिङ खुलाइएको जनाएको छ। एनपिएल मंसिर १ देखि २७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दैछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको