ल्यान्डमार्क र तेजस्वी सेमिफाइनलमा


काठमाडाैँ। ल्यान्डमार्क एकेडेमी र तेजस्वी एकेडेमी नवौं टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को आयोजनामा भइरहेको प्रतियोगिताको गल्र्समै सेमिफाइनल पुग्ने अन्य टिममा गण्डकी र ह्वाइट हेभेन रहेका छन्।

ब्वाइजमा तेजस्वी, स्वेता सदन, ह्वाइट हेभेन र स्वर्णदीपले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। क्वाटरफाइनल पुग्ने अन्य टिमको टुंगो लाग्न बाँकी छ।ल्यान्डमार्क एकेडेमीको संयोजनमा भइरहेको प्रतियोगिताको ब्वाइज १४ तथा गल्र्समा ८ टिम सहभागी छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको