लालीगुँरास र चित्लाङ उपाधिका लागि भिड्ने


काठमाडौँ। लालीगुँरास एसोसियसन क्लब र चिल्ताङ एफसी एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा प्रवेश गरेका छन्।

आइतबार हेटौँडाको दुधे रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा काक्रेविहार युवा क्लबलाई २–० ले हराउँदै लालीगुँरास फाइनलमा प्रवेश गरेको हो।

लालीगुँरासको जितमा मुकुन्दकुमार निउरी र राम थापाले गोल गरे। पहिलो हाफमा एक गोल गरेको लालीगुँरासले दोस्रो हाफमा थप एक गोल गर्दै उपाधि नजिक पुगेको हो।

अब लालीगुँरासले उपािधका लागि चित्लाङ एफसीसँग मंगलबार खेल्नेछ। चित्लाङले दोस्रो सेमिफाइनलमा नव जनजागृति युवा क्लबालई सडन डेथमा हराउँदै लालीगुँरासँगको भेट् पक्का गरेको हो।

निर्धारित समय गोलरहित बारबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टमा पुगेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको