ज्ञानोदयको दोहोरो जित


काठमाडाैँ। ज्ञानोदयले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ। ज्ञानोदयको सिनियर ब्वाइज र गल्र्स टोली विजयी भयो।

सिनियर ब्वाइजमा ज्ञानोदयले ओएसिसलाई २५–२४ को साँघुरो अन्तरले पराजित ग¥यो। ज्ञानोदयका जिरावत थोङ्सुकले ७ अंक जोडे। सिनियर गल्र्समा ज्ञानोदयले न्यु जेनिथलाई १८–५ ले हरायो। ज्ञानोदयकी प्रिन्सिेस थापा मगरले ६ स्कोर गरिन्।

सिनियर ब्वाइजमा केभीसीले निःसर्ग वाटिकालाई ४२–३९, कश्यपले राइजिङ स्टारलाई २७–२३ र बाल दीक्षा सदनले न्यु जेनिथलाई २३–११ ले पाखा लगाए। केभीसीका आरोनलाल श्रेष्ठले १३ तथा बाल दीक्षा सदनका सजेल महर्जनले १० स्कोर गरे।

सिनियर गल्र्समा निःसर्गले मस्र्याङदीलाई ८–५ तथा राराहिलले गोल्डेन फ्लावरलाई २६–८ ले पन्छाए। निःसर्गकी आफ्रेन आर्याले ५ तथा राराहिलकी एलिशा ओलीले १२ अंक बटुले।

जुनियर ब्वाइजमा सेबले निःसर्गलाई २०–४ तथा कश्यपले गोल्डेन फ्लावरलाई १४–८ ले पराजित गरे। सेबका सन्जल बुढा मगर तथा कश्यपका प्रियान रिमालले समान ८–८ अंक जोडे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको