राखेपद्वारा सामाग्री हस्तान्तरण

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल गल्फ संघमार्फत नेपालमा गल्फ खेलको पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन नेपाल गल्फ क्लबलाई अत्याधुनिक ग्रीन–कटर मेसिन उपलब्ध गराएको छ।

अष्ट्रेलियामा निर्मित होन्डा मोडलका ग्रीन–कटर मेसिन एक थान र पानी तान्ने मेसीन एक थान राखेपका सदस्य–सचिव टंकलाल घिसिङले हस्तान्तरण गरे।

उपकरणले मैदानको गुणस्तर सुधार गर्ने, खेलाडीहरूलाई अभ्यास तथा प्रतियोगिताका लागि अझ राम्रो वातावरण उपलब्ध गराउने तथा गल्फ पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याउने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको