काठमाडौँ। मार्क वार्टको शानदार शतकमा कर्णाली याक्सले जारी एनपिएलमा पहिलो जित दर्ता गरेको छ। कर्णाली ९ विकेटले विजयी भएकाे हाे।
त्रिवि क्रिकेट रंगशालामा लुम्बिनी लायन्सले दिएको १५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२.२ ओभरमा एक विकेट गुमाएर १६१ रन बनाउँदै पूरा गर्यो।
कर्णालीको जितमा मार्क वार्टले शानदार शतक प्रहार गरे। उनले ४४ बलमा ६ चौका र १२ छक्का प्रहार गर्दै ११४ रनमा अविजित रहे। जारी प्रतियोगितामा यो पहिलो शतक हो। यस्तै उनले सबै भन्दा कम बलमा शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बने।
यस्तै, विलियम बोसस्टोले २९ रन बनाए। प्रियांक पन्चालले १२ रन बनाएर आउट भए।
यता, लुम्बिनीका लागि शेर मल्लले एक विकेट लिए। लुम्बिनीको यो पहिलो हार हो।


